प्राध्यापक सुवेदी रोयल एसियाटिक सोसाइटीको काउन्सिल सदस्यमा निर्वाचित

  • प्रकाशित मिति : २०८१ जेष्ठ १८, शुक्रबार
  • nepaltale.com

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानुनका प्राध्यापक डा सूर्यप्रसाद सुवेदी रोयल एसियाटिक सोसाइटीको काउन्सिल सदस्यमा निर्वाचित भएका छन् ।

रोयल सोसाइटीको लण्डनमा हालै सम्पन्न वार्षिक साधारण सभाले प्राध्यापक सुवेदी, ओबीई, केसी, लाई चार वर्षका लागि रोयल एसियाटिक सोसाइटी अफ ग्रेट ब्रिटेन एन्ड आयरल्याण्डको काउन्सिल सदस्यमा निर्वाचित गरेको हो ।

प्रोफेसर सुवेदी एशियाली मामिलाका अन्तर्राष्ट्रिय कानुनी पक्षहरूमा धेरै पुस्तकका लेखक हुन् भने उनले क्याम्ब्रिज युनिभर्सिटी प्रेसद्वारा प्रकाशित एशियन जर्नल अफ इन्टरनेशनल लको प्रधान सम्पादकका रूपमा काम गरिसकेका छन्।

उनको एउटा पुस्तक ‘ह्युमन राइट्स इन इस्टर्न सिभिलाइजेसन’ सन् २०२१ मा एडवर्ड एल्गर पब्लिशिङले प्रकाशित गरेको थियो। उनी २०२२ देखि रोयल सोसाइटीका फेलो हुन्।

सन् १९२३ मा स्थापित रोयल एसियाटिक सोसाइटीले सन् १९२४ मा राजा जर्ज फोर्थबाट एशियासंग सम्बन्धित विषयहरुको अनुसन्धान तथा विज्ञान, साहित्य एवं कला प्रोत्साहनका लागि शाही चार्टर प्राप्त गरेको थियो । बेलायती राजा चार्ल्स सोसाइटीका संरक्षक हुन् ।

प्राध्यापक सुवेदीले रोयल सोसाइटीको काउन्सिलमा निर्वाचित हुँदा आफू सम्मानित भएको बताउँदै आगामी वर्षहरूमा पनि यसका महत्वपूर्ण कार्यमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।