प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन गरेको ५५ दिनमा सरकारले कोरोना महामारी नियन्त्रण र रोकथाममा के तयारी गर्यो भन्ने प्रश्न गरेका छन्।
सरकारले चैत ११ गतेदेखि लकडाउन सुरू गरेको थियो। पटकपटक थपिएको लकडाउनको अवधि भोलि सकिँदैछ।
‘म प्रश्न गर्न चाहन्छु- लकडाउनको समयमा सरकारले के तयारी गर्यो?,’ आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै देउवाले भने, ‘सरकारले केही गरेन। तयारीविहीनता छ।’
यसबीचमा सरकारले कोरोना नियन्त्रण तयारी केही पनि नगरेको देउवाले बताए।