लन्डन। पछिल्लो समयका बहुचर्चित गायक तथा परफर्मर दुर्गेश थापाले स्कटल्यान्डवासी दर्शकमाझ लाइभ प्रस्तुति गर्ने भएका छन्।
स्कटल्यान्डस्थित यात्री इभेन्ट्सको आयोजनामा आगामी सेप्टेम्बर १५ तारिख सोमबार दुर्गेशको ‘दुस्मन हेरेको हेर्यै टुर’ अन्तर्गत लाइभ शो हुने भएको हो ।
एडिनबराको भिक्टोरिया स्ट्रिटस्थित ‘भेन्यू लाउड रुम’ मा बेलुका सात बजेदेखि शो सञ्चालन हुनेछ । शोका लागि भेन्यू गेट साँझ सवा ६ बजे खुला हुनेछ ।
दुर्गेशको लाइभ शोमा १४ वर्ष माथिका दर्शकलाई मात्र प्रवेश सिमित गरिएको तथा १८ वर्ष मुनिका दर्शक अभिभावकका साथमा रहनुपर्ने आयोजक यात्री इभेन्ट्सका खीमा गौतमले बताए ।
स्कटल्यान्डमा हुन लागेको दुर्गेशको पहिलो लाइभ सांगीतिक शो गुणस्तरीय र मनोरञ्जनपूर्ण बनाउने तयारीमा आयोजक यात्री इभेन्ट्स जुटिरहेको छ ।
शो हेर्न ६ सय बढी दर्शकको अपेक्षा आयोजकले राखेका छन् । शो को टिकट शुल्क २५ पाउण्ड छ । विशेष छुटसहितको अर्ली बर्ड टिकटहरु सबै बिक्री भइसकेको छ ।
उक्त अवसरमा दुर्गेशसंगै स्कटल्यान्डमै बस्ने स्थानीय नेपाली कलाकारहरुको लोकल ब्यान्डले समेत छुट्टै लाइभ प्रस्तुति गर्नेछ ।