सन नेपाल लाइफको नाफा ५४ करोड २४ लाख, प्रति शेयर आम्दानी कति ?

  • प्रकाशित मिति : २०८२ श्रावण ३०, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । गत आर्थिक वर्षमा सन नेपाल लाइफले ५४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६५ प्रतिशत कम हो । त्यसबेला कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत वर्ष कम्पनीले चार अर्ब ५३ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जसमा कम्पनीले एक अर्ब ५७ करोड ९९ हजार रुपैयाँ दाबी भुक्तानी दिएको छ ।



कम्पनीको प्रतिशेयर आम्दानी ११.२२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४.२३५ रुपैयाँ रहेको छ । प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३६४.६० रुपैयाँ रहेको छ । कम्पनीको पीई अनुपात ४३.७२ रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी पाँच अर्ब ८६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार सात अर्ब ६२ करोडबाट १० अर्ब १० करोड रुपैयाँ छ ।