लन्डन । गायक दुर्गेश थापा लन्डन आइपुगेका छन्।कलाकार दुर्गेश थापा दुस्मन हेरेको हेर्यै लिएर बेलायतस्थित लाइम एण्ड लेमन इन्टरटेनमेन्टको संयोजनमा हुने सांगीतिक भ्रमणका शिलशिलामा विहीबार राती लन्डन आइपुगेका हुन्
पहिलोपटक बेलायत आएका दुर्गेशले लण्डनको हिथ्रो विमानस्थलमा न्यानो स्वागत पाए।
लाइम एण्ड लेमन इन्टरटेनमेन्टका निर्देशक सागर पौडेलसंगै विभिन्न ठाउँमा हुने शोका आयोजकहरुले दुर्गेशलाई बेलायतमा स्वागत गरेका छन् । उनको स्वागतका लागि उल्लेख्य संख्यामा उनका शुभेच्छुकहरु हिथ्रो विमानस्थल पुगेका थिए।
लन्डन उत्रिएलगत्तै दुर्गेशले बेलायतवासी नेपालीसंग भेट्न र प्रस्तुति गर्न पहिलोपटक आउँदा आफू निकै उत्साहित रहेको बताए।
दुर्गेशको पहिलो शो प्रेस्टनमा सेप्टेम्बर ६ तारिख हुंदैछ । त्यसपछि सेप्टेम्बर ८ तारिख बर्मिङहममा, १२ तारिख स्काला लन्डन किंग्स क्रसमा, १३ तारिख एम्पायर अल्डरसटमा, १५ तारिख स्कटल्यान्डमा र १६ तारिख लेष्टरमा शोहरु हुनेछन् ।