काठमाडाैं । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ । स्रोतका अनुसार ९ बजे उनको शपथ हुने छ । अहिले पत्र तयार भइरहेको जनाइएको छ ।
उनले शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट बैठक बस्ने तयारी गरिएकाे छ । बैठकले संकटकालकाे सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पाैडेलले अनुमाेदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयाेग गर्न पाउने संवैधानिक विशेषअधिकारअनुसार संसद विघटन हुने स्राेतले जनाएकाे छ ।
अन्तरिम प्रधानमन्त्री सँगै अन्य कम्तिमा दुई मन्त्रीको सपथग्रहण हुने भएको छ । एकजना जेनजीको प्रतिनिधि बालेन शाहका सल्लाहकार समेत मन्त्री हुनेछन् ।
प्रधानमन्त्री नियुक्त पछि संसद् बैठक बोलाउने सहमति भएको छ एक शीर्ष नेताले भने ।
आजको सहमतिले थप सङ्कट पैदा हुन सक्ने बताइएको छ ।