विश्वकर्मा पूजा एवं वास्तु दिवस आज मनाइँदै

  • प्रकाशित मिति : २०८२ आश्विन १, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा एवं वास्तु दिवस आज मनाइँदै छ ।

कालिगढहरुले विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गर्दछन् ।



कलकारखाना सरसफाइ गर्ने, विशेष रूपमा सजाउने र मजदुरलाई समेत सहभागी गराएर पूजा गरी यो दिवस मनाइन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।