सरकारले सञ्चारमन्त्री जगदीश खरेललाई सरकारको प्रवक्ता नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि पनि विभिन्न मन्त्रीहरूलाई प्रवक्ता तोक्ने प्रचलन रहेकामा यसपटक सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिइएको हो।