अर्थ मन्त्रालयले शुक्रबारदेखि डिजिटल टिप्पणी प्रणाली लागू गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले नयाँ प्रणाली कार्यान्वयनमा आएको जानकारी दिएका हुन्।
डिजिटल टिप्पणीको उद्देश्य मन्त्रालयभित्रका कामकाजलाई कागजबिहीन बनाउने रहेको छ।
यस प्रणाली लागू भएपछि मुख्यतः तीन असर पर्ने जनाइएको छ—
– पटक–पटक कागज प्रिन्ट गर्नुपर्ने झन्झट हट्नेछ।
– टिप्पणी लिएर अधिकारीका कोठा–कोठा धाउनुपर्ने बाध्यता रहने छैन, डिजिटल प्रणालीमै सम्पूर्ण प्रक्रिया हुने छ।
– प्रक्रिया छोटिनेछ। टिप्पणी उठेको समयदेखि सदर भएको समयसम्मको सम्पूर्ण विवरण प्रणालीमै सुरक्षित हुने छ।
यसअघि नै डिजिटल टिप्पणी र डिजिटल हस्ताक्षरको प्रयोगबारे योजना बने पनि कार्यान्वयन ढिलो भएको थियो। अर्थमन्त्री खनालको निर्देशनपछि भने शुक्रबारदेखि प्रणाली औपचारिक रूपमा लागू गरिएको हो।