एक सातामा सुन ६ हजार ५०० र चाँदी १६० रुपैयाँले बढ्यो

  • प्रकाशित मिति : २०८२ आश्विन ११, शनिबार
  • नेपाल टेल संवाददाता

एक साताको अवधिमा सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३ गते तोलामा २ लाख १६ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा २ लाख २२ हजार ५०० रुपैयाँमा पुगेको हो।

सप्ताहभरि सुनमा उतारचढाव देखिए पनि असोज ८ गते तोलामा २ लाख २३ हजार रुपैयाँ पुग्दै हालसम्मकै उच्च मूल्य कायम भयो। त्यसपछि ९ गते घटेर २ लाख २१ हजार ३०० मा झरे पनि हप्ताको अन्त्यमा फेरि बढ्दै २ लाख २२ हजार ५०० मा रोकियो।



यस्तै, असोज ३ गते तोलामा २ हजार ५८० रुपैयाँमा रहेको चाँदीको मूल्य हप्ताभरि बढ्दै शुक्रबार हालसम्मकै उच्च २ हजार ७४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। यसरी एक सातामै चाँदी तोलामा १६० रुपैयाँ महँगिएको छ।