नेपाली बजारमा सुन र चाँदीको मूल्य आज (आइतबार) बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७०० रुपैयाँले वृद्धि भई २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मूल्य हालसम्मकै उच्च हो।
महासंघका अनुसार असोज ८ गते पनि सुनको मूल्य रेकर्ड तोड्दै २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज नयाँ रेकर्ड बनाउँदै प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार चाँदीको मूल्य २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको थियो, जसको अर्थ आज ७० रुपैयाँले वृद्धि भएको हो।