दशैंको बिदामा पनि बैंकहरुका विभिन्न शाखा कार्यालय सञ्चालन हुने, कहाँ-कहाँ खुल्छन् ?

  • प्रकाशित मिति : २०८२ आश्विन १३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । दशैंको बिदामा पनि वाणिज्य बैंकहरुका विभिन्न शाखा कार्यालयहरू खुल्ने भएका छन् । दशैंको लामो बिदामा बैंकिङ कारोबारमा सहजता होस् भन्ने उद्देश्यले बैंकहरुले विभिन्न कार्यालयहरू सञ्चालनमा ल्याउने भएका हुन् ।

बैंकहरुका सूचना अनुसार दशैंका मुख्य दिनमा समेत आवश्यक वित्तीय कारोबार गर्न सकिने गरी काठमाडौं उपत्यका र प्रमुख सहरका शाखा सञ्चालनमा रहनेछन् । यसबाट रकम जम्मा–निकासी, चेक भुक्तानी, एटिएम मर्मत र आवश्यक सेवामा सहजता हुने संघले जनाएको छ ।



यसअघि दशैंमा अधिकांश बैंकहरु पूर्ण रूपमा बन्द हुने गरेका कारण व्यावसायिक तथा व्यक्तिगत कारोबारमा असुविधा हुने गरेको थियो । तर यस वर्ष भने ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकहरुले छुट्टै कार्य योजना तयार पारेका छन् ।

कहाँ-कहाँ खुल्छन् ?

बैंकहरुले दशैंमा विभिन्न शाखा कार्यालय तोकेर सञ्चालन गर्ने भएका छन् । बिदामा दिन खुल्ने कार्यालयहरूबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंकिङ सेवा दिने बैंकहरुले सूचना मार्फत जानकारी दिएका छन् ।

एभरेष्ट बैंकले न्यूरोड, पुल्चोक र ठिमीबाट बैंकिङ सेवा दिने भएको छ । जहाँबाट नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप, विदेशी मुद्रा विनिमय सुविधा सम्बन्धी कारोबार हुनेछ ।

नेपाल बैंकले काकरभिट्टा, कृष्णनगर र काठमाडौंको न्यूरोड शाखाबाट दशैंको बिदामा पनि बैंकिङ सेवा दिने जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले विराटनगर, इटहरी, वसन्तपुर, धनगढी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकिङ सेवा दिने जनाएको छ ।

ग्लोबल आईएमई बैंक

विराटनगर, इटहरी, बुधबारे, गाईघाट, इनरुवा, धरान, उर्लाबारी, दमक, बिर्तामोड, जयनगर रोड, फिक्कल, चरिकोट, लामोसाँघु, दोलखा, मुग्लिन, भरतपुर, पर्सा, हेटौँडा लगायत ।

नबिल बैंक

विराटनगर, इटहरी, धरान बर्गाछी, गाइघाट, दमक, बिर्तामोड, पिएनजी, बयरघटा, जनकपुर, ललितपुर, कलंकी, कुपोण्डोल, ठिमी, मैतीदेवी, कुमारीपाटी, ब्यूरोपाती, दरबारमार्ग, महाराजगन्ज, नयाँ बानेश्वर, न्युरोड, तिलावास, गठ्ठाघर, बल्खु, विजुलीबजार, त्रिसुलीबजार, लाजिमपाट, बडीयाताल, परासी, हेटौँडा, धापाखेल, पोखरा, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, राजविराज, गाईघाट, धनगढी र सुर्खेत

सानिमा बैंक

कलंकी, कुमारिपाटी, नक्साल, नयाँ बानेश्वर, सूर्य विनायक, गौशाला, पुतलीसडक, नयाँ बजार, जोरपाटी, एकान्तकुना, गोंगबु, न्यू रोड, नक्साल, बल्खु, कान्तिपथ, चाबहिल, ठिमी, नरडेवी, महाराजगञ्ज, सातदोबाटो, इटहरी, इनरुवा, इलाम, उदयपुरगढी, दमक, विराटनगर, बेलबारी, माई, कञ्चनवारी, खाँदबारी, गाईघाट, धरान, बेलडाँगी, बिर्तामोड, जनकपुर, लहान, लालबन्दी, वीरगञ्ज, चन्द्रपुर, बर्दिबास, निरगञ्ज, राजविराज, कलैया, हरिवन,पाँचखाल, हेटौँडा, नारायणगढ, बुटवल, धादिङबेसी, बर्दिबास, अमरगढी, धनगढी, विराटनगर, अमरगढी र महेन्द्रनगर ।

हिमालयन बैंक

हिटी दरबार, त्रिपुरेश्वर, न्यूरोड, भक्तपुर, बनेपा, न्यूरोड पोखरा, पृथ्वीचोक, लेखनाथ, स्याङ्जा, विराटनगर–१, रोडशेष चौक, वीरगञ्ज, बाइपास चोक, बुटवल, नेपालगञ्ज, घोराही, धनगढी–१, धनगढी–२, महेन्द्रनगर र सल्यान ।

कुमारी बैंक

इटहरी, उर्लाबारी, बर्गाछी, प्रतिमाचोक, बर्दीबास, बनेपा, पुतलीसडक, कुमारीपाटी, नयाँ बानेश्वर, न्यूरोड, सूर्य विनायक, नारायणगढ, धादिङ, सहिदचोक, कुस्मा, बिरौटा, सिद्धार्थनगर, घोराही, नेपालगञ्ज, सुर्खेत, क्याम्पस चोक, पहलमानपु, भरतपुर, मलेखु, बुटवल, कञ्चनपुर, निजगढ, लहान, वीरगञ्ज, भिजिया, लेकसाइड, बाग्लुङ, झिमरुकटोल, तुल्सीपुर, वीरेन्द्रनगर र अत्तरिया ।

प्रभु बैंक

मुख्य शाखा (बबरमहल), कमलादी, ललितपुर (जावलाखेल), भक्तपुर, विराटनगर (गोल्छा चौक), इटहरी, वीरगञ्ज (आदर्शनगर), जनकपुर, नारायणगढ, हेटौँडा, कालासोती, बुटवल, गोरखा, पोखरा (रत्न चोक), नेपालगञ्ज, भैरहवा र धनगढी ।

प्राइम कमर्सियल बैंक

केन्द्रीय कार्यालय, कमलपोखरी, न्यू बानेश्वर, पुल्चोक, सल्लाघारी, भरतपुर, पाटन, ठिमी, हाकिमचोक चितवन, दमक, कन्चनवारि, वीरगञ्ज, बालाजु, न्यूरोड, बागबजार, मंगलबजार, गठ्ठाघर, नारायणगढ, सूर्य विनायक, बनेपा, हेटौँडा, बिपी चोक, नेपालगञ्ज, लेखबेशी, अत्तरिया, ट्राफिक चोक, इटहरी, जनकपुर, पृथ्वीचोक, भैरहवा, छिन्चु, महेन्द्रनगर, बिर्तामोड, धरान, वीरगञ्ज, न्यूप्लाजा, रत्नचोक, चौराहा बुटवल, बिरेंद्रनगर, हनुमानदास रोड, पकाली, न्यूरोड पोखरा, बुटवल र चौराहा धनगढी ।

सिद्धार्थ बैंक

हात्तीसार, कुमारीपाटी, सुर्यविनायक, गंगबु, बौद्ध, स्वयम्भू, न्यूरोड, तीनकुने, नारायणघाट, हेटौडा, विराटनगर, नाम्चे, इटहरी, धरान, बिर्तामोड, दमक, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, तुलसीपुर, बुटवल, सुर्खेत, धनगढी, अत्तरिया, टीकापुर र महेन्द्रनगर ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

ललितपुर, नक्साल, नयाँ बानेश्वर, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विराटनगर, पोखरा, धरान, न्युरोड र काठमाडौं ।

एनआइसी एसिया बैंक

विराटनगर, बिर्तामोड, दमक, वीरगञ्ज, जनकपुर, भक्तपुर, पुल्चोक, न्यूरोड, कमलादी, थानकोट, नारायणगढ, महेन्द्रपुल, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी ।

कृषि विकास बैंक

विराटनगर, दमक, इटहरी, तीनपैनी, बिर्तामोड, धरान, कञ्चनबारी, भद्रपुर, धुलाबारी, रामानन्दचोक, ढल्केबर, राजविराज, लहान, जलेश्वर, शिवचोक, बर्दिवास, मिर्चैया, कल्याणपुर, गोलबजार, पानीट्यांकी, श्रीपुर, गौर, हरिवन, कलैया, मलगंवा, कालीमाटी, दुधपाटी, सातदोबाटो, बनेपा, त्रिशूली, किर्तीपुर, बोडे, लगनखेल, कुपण्डोल, गौशाला, महाराजगञ्ज, गठ्ठाघर, हेटौडा, हाकिमचोक, कान्तीराजपथ, नारायणगढ, पोखरा, रजहर, भोटेबडार, वालिङ, चिप्लेढुंगा, कुश्मा, दमौली, स्याङ्जा, बगर, कावासोती, गगनगौडा, मालेपाटन, बुटवल, सिद्धार्थनगर, तौलिहवा, खस्यौली, भैरहवा, बर्दघाट, तम्घास, खस्यौली, भैरहवा, जितपुर, त्रिमार्ग, त्रिभुवनचोक, नेउलापुर, धम्बोझी, नारायणपुर, गुलरिया, घोराही, राजपुर, कोहलपुर, तुलसीपुर, छिन्चु, सुर्खेत, जुम्ला, क्याम्पस रोड, महेन्द्रनगर, सिंगास, जोगबुडा, बैतडी, जोरायल, दार्चुला र धनगढी ।

लक्ष्मी सनराइज बैंक

विराटनगर, दमक, दमक, झुम्का, धरान, काँकडभिट्टा, जनकपुर, वीरगञ्ज, हात्तीसार, गैरीधारा, भृकुटीमण्डप, पुल्चोक, सामाखुसी, कालीमाटी, हात्तीसार, गैरीधारा, पुल्चोक, बुद्धनगर, टेकु, लाजिम्पाट, महाराजगञ्ज, मल्टिपोल, हात्तीसार, गैरीधारा, पुल्चोक, तीनकुने, ठिमी, खुसीबु, पोखरा, बागलुङ्ग, वालिङ, नारायणघाट, वीरेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, घोराही, बुटवल, कोहलपुर, तुलसीपुर र धनगढी ।

माछापुच्छ्रे बैंक

इटहरी, जनकपुर, कलंकी, लाजिम्पाट, नयाँ बजार पोखरा, अमरगढी, नारायणगढ, बुटवल, कोहलपुर, अत्तरिया, चक्रघट्टी, नवलपरासी, राजविराज, नवलपुर, दंगोल, विराटनगर, विरगंज, सिराहा, पुल्चोक, ठिमी, न्युरोड, काठमाडौं, दुलेगौडा, हेटौडा, नेपालगन्ज र धनगढी ।एनएमबि बैंक, धरान, बिर्तामोड, विराटनगर, विरगञ्ज, सितापाइला, कान्तिपथ, महेन्द्रनगर, अत्तरिया, ग्वार्को, कुमारीपाटी, बगर, झलारी, पोखरा र धनगढी ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

दरबारमार्ग, बत्तीसपुतली, बौद्ध, धुम्बराही, गोंगबु, कालिमाटी, कमलादी, किर्तीपुर, लगनखेल, लाजिम्पाट, नक्साल, नयाँ बानेश्वर, न्यूरोड, जाउलाखेल, पुल्चोक, पुतलीसडक, सिपाडोल, ठमेल, महाराजगञ्ज र दरबारमार्ग ।

नेपाल एसबिआई बैंक

विर्तामोड, विराटनगर, विरगञ्ज, जनकपुर, दरबारमार्ग, न्यूरोड, टेकु, पाटन, भक्तपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढी ।