दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको भीड दिनानुदिन बढ्दो छ। उपत्यकाका बाहिरी नाकाहरूमा यात्रुहरूको ताँती देखिन थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबार बेलुकीसम्मको आठ दिनमा मात्रै पाँच लाख ५३ हजार २६१ जनाले उपत्यका छाडेका छन्।
उपत्यका बाहिरिने यात्रुहरूको चाप बढेसँगै प्रहरी प्रशासनले सुरक्षा तथा यातायात व्यवस्थापनमा विशेष सतर्कता अपनाएको छ। बसपार्क र प्रमुख नाकाहरूमा भीड बढ्दा यात्रुहरूलाई सहज बनाउन थप चेकजाँच र ट्राफिक व्यवस्थापन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।