मध्यरातमा कालो बोको बलि दिँदै पाथीभरामा कालरात्रि पूजा

  • प्रकाशित मिति : २०८२ आश्विन १५, बुधबार
  • नेपाल टेल संवाददाता

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा महानवमीको अवसरमा मध्यराति कालरात्रि पूजा गरी कालो बोकाको बलि चढाइएको छ।

पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारी र स्थानीयको उपस्थितिमा राति ठीक १२ बजे पूजा सम्पन्न गरिएको हो। प्रत्येक वर्ष महाअष्टमी सकिएपछि महानवमी सुरु हुने रातमा यो विशेष पूजा गरिन्छ।



सयौं भक्तजन पूजा अवलोकन गर्न सहभागी भएको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।