काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । दशैंं बिदापछि आजदेखि सुनचाँदीको मूल्य निर्धारण भएकोसँगै एकैदिन ७ हजार ६ सयले बढेको हो ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो । यो हालसम्म कै उच्च मूल्य पुगेको हो ।
यसैगरी चाँदीको मूल्यमा १२० रुपैयाँले बढेको छ । गत आइतबार २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ पुगेको छ।