कोशी ब्यारेजका सबै ढोका खोलियो

  • प्रकाशित मिति : २०८२ आश्विन १९, आईतवार
  • नेपाल टेल संवाददाता

पानीको बहाव उच्च भएसँगै सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

कोशीमा आज साढे १० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ । बिहानदेखि पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको थियो ।



शुक्रवार र शनिवार लगातार वर्षा भइरहेका कारण आज बिहानदेखि सप्तकोशीमा पानीको बहावले खतराको तह पार गरेको हो । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

आजदेखि कोशी प्रदेशमा मनसुन सक्रिय भएको छ । बिहानैबाट वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार कोशीमा सक्रिय रहेको मनसुन विस्तारै बाहिरिँदै गएको छ ।

सप्तकोशीमा आज बेलुकैसम्म पानीको बहावले खतराको तह पार गर्ने विभागले बताएको छ । सुनकोशी, अरुण र तमोर नदीमा पनि पानीको सतह खतराको तह भन्दा माथि छ ।