काठमाडौँ । गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा आइतबार अर्थात् १२ अक्टोबरमा बेलायतको म्यानचेस्टरमा गुञ्जिँदैछन् । त्यसका लागि शुक्रबार उनी बेलायत पुगिसकेका छन् ।
दसैँ-तिहारको अवसर पारेर ८८४८ भाइब्सले सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो । म्यानचेस्टरमा यो कालीप्रसादको पहिलो कार्यक्रम हुनेछ । नेपालकै झल्को दिनेगरी दसैँ र तिहार सांगीतिक कार्यक्रम गरिने आयोजक ८८४८ भाइब्सका प्रबन्ध निर्देशक मनोज बजगाईंले जानकारी दिए ।
कार्यक्रममा कालीप्रसाद लाइभ ब्यान्डका साथ निर कहिले हँसाउने, माया पिरती, पारि त्यो डाँडामा, अजम्बरी लाउँला पिरती, साली मनपर्यो, राई माइला लगायत लोकप्रिय गीतहरु प्रस्तुत गरेर दर्शक-श्रोतालाई झुमाउनेछन् । कार्यक्रममा कालीप्रसादको लाइभ कन्सर्टका साथै बालबालिकामैत्री खेल, नृत्यहरु समेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।
८८४८ भाइब्सले केही महिनाअघि गायक रामकृष्ण ढकालको पनि एकल साँझ आयोजना गरेको थियो ।