विश्व बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार यति बेलासम्मको मूल्य अनुसार सुनको मूल्यमा ५ प्रतिशतले गिरावट आएको हो ।
मंगलबारको तुलनामा बुधबार अन्तर्राष्ट्रिय बजारमा एक औंस सुनको मूल्यमा ३८ हजार ६९३ रुपैयाँले गिरावट आएर ४ हजार ८० डलरमा कारोबार भएको छ ।
जबकी मंगलबार सुनको मूल्यले प्रतिऔंस ४ हजार ३८१ डलर छोएको थियो । पछिल्लो वर्षमा सुनको मूल्य ६० प्रतिशत बढीले वृद्धि भएको थियो ।
विश्वभरीका मानिसहरूले सुनलाई आफ्नो सम्पत्तिको रूपमा मान्दै आएका छन् । तर, बुधबार सुनमा आएको गिरावटले भने विश्वबजारलाई नै तरंगित बनाइदिएको छ ।