कोरोनाको अर्को नयाँ र खतरनाक लक्षण देखिएको डब्लुएचओको चेतावनी

  • प्रकाशित मिति : २०७७ जेष्ठ ५, सोमबार
  • nepaltale.com

एजेन्सी । कोरोना भाइरसको महामारीबाट विश्व त्रसित बनेको छ। कोरोनाभाइरसका बारेमा वैज्ञानिकहरुले विभिन्न अध्ययन गरिरहेका छन्।

पछिल्लो समयमा वैज्ञानिकले कोरोना भाइरसको नयाँ र खतरनाक लक्षण देखिएको दाबी गरेका छन्। सुरुवातमा खोकी र ज्वरो मानिएको कोरोना भाइरसको लक्षण पछि विस्तारै फरक फरक स्वरुमा देखिन थालेको पाइएको छ।

पछिल्लो समय विशेषज्ञहरुले कोरोनाभाइरसका संक्रमितलाई बोल्न पनि समस्या हुने लक्षण देखिएको बताएका छन्। विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विद्ले कोरोना पोजिटिभ मानिसलाई पछिल्लो सरमय बोल्न नै समस्या हुने लक्षण देखिएको दाबी गरेका हुन्।

यस्तो लक्षण देखिएमा तत्कालै चिकित्सकसँग सम्पर्क गर्न पनि उनीहरुले सुझाव दिएका छन्।

‘कोरोनाका सबै रोगीलाई बोल्न र संवाद गर्न समस्या आएको होइन तर केहीमा यो समस्या देखिएको छ, विज्ञले भनेका छन्। अन्य लक्षण जस्तै यो लक्षण पनि लुकेको हुन सक्छ वा ढिलो गरी आएको हुन सक्छ। तर कुनै मानिसमा यो लक्षण देखिएमा सावधान हुनुपर्छ।’

बोल्न गाह्रो हुनु भनेको शारीरिक वा मानसिक समस्याको संकेत पनि हुन सक्छ। यसअघि जिब्रोले स्वादको चाल नपाएको र गन्ध थाहा पाउने शक्ति कमजोर भएको लक्षण पनि देखिएको थियो।