सुनको मूल्य आज पनि २ हजारले घट्यो

  • प्रकाशित मिति : २०८२ कार्तिक १०, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई हजारले घटेर दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



त्यस्तै चाँदीको मूल्य प्रतितोला ३५ ले घटेर दुई हजार ९८० रहेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।