राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातका कारण कोसी, मधेस र बागमतीका गरी २६ जिल्ला प्रभावित हुन सक्ने चेतावनी दिएको छ। प्राधिकरणले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अपिल गरेको छ।
प्रभावित क्षेत्र:
कोसी प्रदेश: संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी
मधेस प्रदेश: बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी
बागमती प्रदेश: काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली
मोन्था चक्रवातको प्रभावले केही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना पनि रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म मौसम प्रभावित रहने अनुमान छ।
जोखिम र सावधानी:
बागमती, कमला, कोसी, कन्काई नदी र सहायक नदीहरूको बहाव उल्लेख्य बढ्न सक्छ; आकस्मिक बहाव, पहिरो र सडक–हवाई यातायातमा प्रभाव पर्न सक्ने।
अत्यावश्यक नभए यात्रा नगर्नु।
डुबान हुने सम्भावना भएका बस्तीमा उँचो र सुरक्षित स्थानको जानकारी लिनु।
धान र अन्य बाली काट्नु परे सुरक्षित भित्र्याउनु।
सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवक सतर्क रहनु।
प्राधिकरणले सबै सरोकारवाला निकायलाई पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा तयार रहन आग्रह गरेको छ।