बिहीबार दिनभर नेपालका विभिन्न क्षेत्रमा मध्यम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा करिब ४० मिलिमिटर वर्षा भएको छ।
मौसमविद् सञ्जीव अधिकारीले भने, ‘५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा मानिन्छ। आज रातिबाट भारी वर्षा हुने सम्भावना छ।’ आज दिनभर बागमती, कोशी, मधेश प्रदेशमा मध्यम वर्षा भएको छ भने गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको छ। उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भइरहेको छ।
विभागले बुधबारदेखि सुरु भएको वर्षा शनिबारसम्म रहने जानकारी दिएको छ र सबैलाई सतर्क रहन, सुरक्षित रहन र पदयात्रा अघि मौसमबारे जानकारी लिएर हिँड्न आह्वान गरेको छ।