नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन्। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको जानकारी सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन्।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण आगामी कात्तिक २६ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसअघि नै सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो।
कार्कीले विगतमा काठमाडौं जिल्ला प्रहरी परिसर, लुम्बिनी प्रदेश र हाल उपत्यका कमाण्डमा रही काम गरेका थिए। डीआईजी हुँदा उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए भने एआईजी बनेपछि उपत्यका कमाण्डको जिम्मेवारी पाएका थिए।
२४ भदौमा जेनजी आन्दोलनका क्रममा उनले उपत्यकाको नेतृत्व सम्हाल्दै प्रभावकारी रुपमा शान्ति–सुरक्षा व्यवस्थापन गरेका थिए।