निर्वाचन आयोगले मतदाता नामावली दर्ताको म्याद ५ दिन थप्ने तयारी

  • प्रकाशित मिति : २०८२ कार्तिक २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको म्याद पाँच दिन थप्ने तयारी गरेको छ। यसअघि आयोगले कात्तिक मसान्तसम्म नाम दर्ताको समय तोकेको थियो। तर दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै म्याद बढाउने तयारी गरिएको आयोग स्रोतले बताएकाे छ।

प्रधानमन्त्री सुशीला कार्कीले आजै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी म्याद थपका लागि आग्रह गरेकी थिइन्। भण्डारीले यसबारे सकारात्मक जवाफ दिएका छन्।



राष्ट्रिय परिचय पत्रको विवरणमार्फत अनलाइनबाट नाम दर्ता गर्न सकिने भएपछि हिजोदेखि अनलाइन आवेदनमा उच्च चाप देखिएको छ। केही राजनीतिक दलहरूले समेत मतदाता नामावली दर्ताको समय सीमा बढाउन आयोगसँग आग्रह गरेका छन्।