नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ४३ हजार रुपैयाँ पुगेको हो।
सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ। बुधबार तोलामा ३ हजार १५० रुपैयाँ रहेको चाँदी बिहीबार ३५ रुपैयाँले बढेर ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव, मागमा आएको परिवर्तन र आगामी पर्व–पर्वत तथा वैवाहिक सिजनका कारण हालका दिनमा सुनचाँदीको मूल्य निरन्तर चर्किँदै गएको व्यवसायीहरूको भनाइ छ। बजारको दैनिक मूल्य निर्धारणमा विश्व बजारको दर, अमेरिकी डलरको विनिमय दर तथा स्थानीय माग–आपूर्ति मुख्य आधार मानिन्छ।