एनपीएल: पहिलो शतक, कर्णालीको पहिलो जित

  • प्रकाशित मिति : २०८२ मंसिर ६, शनिबार
  • नेपाल टेल संवाददाता

प्रारम्भिक ब्याटर मार्क वाटको विध्वंसकारी शतकको बलमा कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ। शनिबारको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई नौ विकेटले हराउँदै प्रतियोगिताको पहिलो जित दर्ता गराएको हो।

लुम्बिनी लायन्सले दिएको १५७ रनको लक्ष्य कर्णालीले मात्र १२.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो।



ओपनर मार्क वाटले अविजित ११४ रनको शानदार पारी खेले, जसका लागि उनले ४४ बल प्रयोग गरे। वाटले ६ चौका र १२ छक्का प्रहार गर्दै बाउण्ड्रीबाटै ९६ रन जोडे।

उनका साथी विलियम बोसिस्टोले पनि उत्कृष्ट साथ दिँदै २० बलमा अविजित २९ रनको योगदान गरे।

ओपनिङमा प्रमोट भएका वाटले प्रियांक पाञ्चलसँग पहिलो विकेटका लागि ३.५ ओभरमा ३८ रनको साझेदारी गर्दै कर्णालीलाई सुदृढ सुरुवात दिलाएका थिए।

यसअघि, लुम्बिनीले पहिलो खेलमा जित निकाले पनि दोस्रो खेलमा कर्णालीविरुद्ध पराजित भएको छ। कर्णाली याक्सले भने यस जितसँगै प्रतियोगितामा आफ्नो अभियान दमदार रूपमा अघि बढाएको छ।