एनपीएलमा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्ने क्यान र एमसीसीबीच सहमति

  • प्रकाशित मिति : २०८२ मंसिर १३, शनिबार
  • नेपाल टेल संवाददाता

नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबन क्रिकेट क्लब (एमसिसी) बीच नेपाल प्रिमियर लिगमा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्ने सहमति भएको छ ।

शनिबार त्रिवि क्रिकेट रंगशालामा क्यानका सचिव पारस खड्का र एमसिसीका क्रिकेट तथा अप्रेशन निर्देशक रोब लिन्चले संयुक्त रुपमा उक्त अवार्डको घोषणा गरेका हुन् ।



उक्त अवार्ड एनपिएलमा क्रिकेटको सम्मान गर्दै खेल प्रदर्शन गर्ने एक टोलीलाई प्रदान गरिने सचिव खड्काले जानकारी दिए ।

मेरिलेबन क्रिकेट क्लब (एमसिसी)बाट प्राप्त उक्त अवार्डले एनपिएल टीमलाई थप प्रोत्साहन मिल्ने उनले बताए । उनले एनपिएलको आगामी संस्करणमा समेत स्पिरिट अफ क्रिकेट अवार्डले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

त्यस्तै एमसिसीका क्रिकेट तथा अप्रेशन निर्देशक रोब लिन्चले नेपाली क्रिकेट निकै माथि पुगिसकेको भन्दै आगामी दिनमा थप सहयोग गर्न तयार रहेको बताए ।

क्रिकेटलाई मर्यादित रुपमा अघि बढाउन एमसिसीले स्पिरिट अफ क्रिकेट अभियान चलाउदै आएको छ ।