एनपीएल: विराटनगरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफ नजिक

  • प्रकाशित मिति : २०८२ मंसिर १७, बुधबार
  • नेपाल टेल संवाददाता

डी आर सी सर्टको उत्कृष्ट प्रदर्शनसँगै लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पाँच विकेटले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफको ढोका थप विस्तृत गरेको छ । बुधबार साँझको जितसँगै लुम्बिनीले ६ अंक जोडेर प्लेअफको दाबेदारी बलियो बनाएको हो ।

अब लुम्बिनीले प्लेअफ स्थान पक्का गर्न शुक्रबार जनकपुर बोल्ट्सलाई पराजित गर्नुपर्नेछ ।



विराटनगरका लागि यो हार प्लेअफ यात्रा जटिल बन्दै गएको संकेत हो । ६ खेलमा ४ जित र २ हारसहित ८ अंक जोडेको विराटनगरले प्लेअफमा निश्चित स्थान सुरक्षित गर्न आगामी शनिबार सुदूरपश्चिम रोयल्सविरुद्धको अन्तिम खेल जित्नैपर्नेछ ।