मंगलबार (मंसिर २३) नेपाली बजारमा सुनको मूल्य घटेर तोलाको २ लाख ५१ हजार ९०० रुपैयाँमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले कमी देखिएको हो। सोमबार यसको मूल्य २ लाख ५२ हजार ९०० रुपैयाँ कायम थियो।
यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले बढेर ३ हजार ६ सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ।