बहुविवाह मुद्दामा डिएसपी मधु नेपाल पक्राउ

  • प्रकाशित मिति : २०८२ मंसिर २४, बुधबार
  • नेपाल टेल संवाददाता

रूपन्देही प्रहरीले बहुविवाह मुद्दामा प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई पक्राउ गरेको छ ।

उनकी श्रीमतीले दिएको उजुरीको आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई मंगलबार उनी पक्राउ परेका हुन् ।



हाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाल प्रहरी निरीक्षक रहेको बखत बुटवलको वडा प्रहरी कार्यालयमा कार्यरत थिए ।

जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी नेपाललाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।