वुहानबाट आएको नरम, भारतबाट आएको कडा भाइरस रहेछ : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : २०७७ जेष्ठ ६, मंगलवार
  • nepaltale.com

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा खालको रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनको वुहानबाट आएको भाइरस कमजोर र भारतबाट आएको कडा रहेको बताएका हुन्।

“अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो । इटालीबाट आएको पनि नरम देखिएको थियो । दुबइबाट आएको पनि नरम देखिएको थियो तर भारतबाट आएको कडा भाइरस देखिएको छ ।”

प्रधानमन्त्री ओलीले अहिले सम्सदमा सरकारको नीति तथा कार्यक्रम बारे उठेको प्रश्नको जवाफ दिइरहेका छन्।