सन्दीप लामिछानेले बीपीएलमा राजशाही वारियर्सबाट खेल्ने

  • प्रकाशित मिति : २०८२ मंसिर २९, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सहभागी हुने भएका छन् । लामिछाने बीपीएलको आगामी संस्करणका लागि राजशाही वारियर्ससँग अनुबन्धित भएका हुन् ।

टोलीले लामिछानेलाई स्वागत गर्दै ‘हिमालयन म्याजिक’ भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । यससँगै सन्दीपले बीपीएलमा पुनरागमन गर्ने भएका छन् ।



यसअघि पनि बीपीएल खेलिसकेका अनुभवी लेगस्पिनर लामिछानेले अघिल्ला संस्करणमा सिल्हेट सिक्सर्सको प्रतिनिधित्व गरेका थिए । उनको प्रदर्शन बीपीएलमा उल्लेखनीय रहँदै आएको छ ।

बीपीएलको आगामी संस्करण आउँदो डिसेम्बर २६ देखि सुरु हुने तय भएको छ । सन्दीपको सहभागिताले राजशाही वारियर्सको बलिङ आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ ।