सिन्धुलीका जिल्लाका केही स्थानमा कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पौष ६ गते कमलामाई नगरपालिका वडा नं. ४ धुरा बजारमा भएको घटनापछि उत्पन्न अवस्थालाई लिएर कर्फ्यु आदेश जारी भएको हो ।
प्रशासनका अनुसार त्यो घटनापछि अवाञ्छित गतिविधिका कारण जिल्लाको शान्ति भङ्ग भई सुरक्षा व्यवस्थामा खलल पुग्ने अवस्था देखिएको छ ।

प्रशासनले निम्न क्षेत्रमा आदेश जारी गरेको हो
कमलामाई नगरपालिका-४ भित्रको
पूर्वमा: ग्वाङ खोला
पश्चिममा मदन भण्डारी राजमार्ग
उत्तरमा: कुमल फाँट
दक्षिणमा: धुराबजार चोक
उक्त कर्फ्यूको अवधिमा निषेधित कार्यहरू
१. सर्वसाधारण तथा अत्यावश्यक बाहेकको सवारीसाधनको आवाजावत
२. कुनैपनि किसिमको भेला जुलुश र भेलाजन्य कार्यहरू
३. पाँच (५) जनाभन्दा बढी मानिस भेला हुन