नेपाली बजारमा मंगलबार (पुस १५) सुनको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा यो उल्लेख्य गिरावट हो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ । आज चाँदी प्रतितोला ३०५ रुपैयाँले घटेर चार हजार ९३५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग–आपूर्तिको अवस्थाले सुनचाँदीको मूल्यमा यस्तो परिवर्तन देखिएको व्यवसायीहरू बताउँछन् ।