लन्डन । तमु धीं लन्डन इकाईले यही १० जनवरी २०२६ मा १८ औं वार्षिकोत्सव तथा ल्होछार कार्यक्रम गर्ने भएको छ ।
ग्रिनफोर्ड टाउन हल लन्डनमा दिउँसो २ बजेदेखि राति १२ बजेसम्म वार्षिकोत्स्व तथा त ल्होछार कार्यक्रम आयोजना गरिने अध्यक्ष भरत गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रममा नेपालबाट आएका कलाकारहरु तिलकबहादुर गुरुङ, सलोमी गुरुङ र केशबहादुर गुरुङ सांगीतिक प्रस्तुतिका लागि उपस्थित हुनेछन् ।
साथमा स्थानीय कलाकारको पनि प्रस्तुति रहने अध्यक्ष गुरुङले बताए । कार्यक्रममा राफल ड्र, मौलिक खानाका परिकारलगायत आकर्षण रहेको जनाइएको छ ।
कार्यक्रममा सहभागी हुन आयोजकले बेलायतवासी नेपाली समुदायमा आग्रह गरेका छन् । सहभागीलाई २५ पाउन्डमा खाना र खाजाको व्यवस्था गरिएको छ । कार्यक्रम उपाध्यक्ष ईश्वर गुरुङको संयोजनमा हुँदैछ ।