दुई दिन लगातार घटेको सुनको मूल्य आज बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर २ लाख ६७ हजार ८ सय रुपैयाँ पुगेको छ। हिजो भने सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा झरेको थियो।
यसअघि बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको थियो। पुस १३ गते सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
उता, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी तोलामा ५५ रुपैयाँले घटेर आज प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गएको बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको थियो, जुन चाँदीको हालसम्मकै सबैभन्दा महँगो मूल्य हो।