कोरोनाका शंकास्पद संक्रमितको सुचीमा ९४ जना

  • प्रकाशित मिति : २०७७ जेष्ठ ६, मंगलवार
  • nepaltale.com

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाईरस संक्रमणको अवस्था जारी गरेको तथ्यांकमा हालसम्म ९४ जना कोरोना संक्रमणका शंकास्पदको सूचीमा ९४ जनालाई राखेको छ ।

देशभरबाट संकलन भएका रिपोर्टका आधारमा मन्त्रालयले जारी गरेको सूचनामा प्रदेश १ मा ४ जना, प्रदेश २ मा ६ जना, बागमति प्रदेशमा ५९ जना, प्रदेश ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा ११ जना गरि ९४ जना रहेको उल्लेख छ । त्यसैगरि क्वारेन्टाईनमा बसेकाहरुमा प्रदेश १ मा ११ सय ७८ जना, प्रदेश २ मा ३ हजार ४ सय ८१ जना, बागमति प्रदेशमा ३ सय ३२ जना, गण्डकी प्रदेशमा ३ सय ५९, प्रदेश ५ मा १३ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ सय ९९ र जना र सुदुरपश्चिम प्रदेशमा १९ सय ३६ जना रहेका छन् ।

हालसम्म संक्रमण पुष्टी भएकाहरुमा प्रदेश १ ३६ जना, प्रदेश २ मा एक सय ३१ जना, बागमति प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा एक सय ७४ जना र कर्णाली प्रदेशमा १ जना रहेका छन् ।

त्यस्तै हालसम्म क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको संख्या २१ हजार छ सय २३ छ भने क्वारेन्टाईन बेड संख्या ६३ हजार ७ सय ७३ रहेको मन्त्रालयले जनाएको छ । हालसम्ममा कोरोना संक्रमणबाट निको भएकाहरुको संख्या ३७ रहेको छ भने २ जनाले ज्यान गुमाएका छन् ।