देउवालाई गगनले भने- दाइ अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्

  • प्रकाशित मिति : २०८२ पुष २७, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई राजीनामा दिन सुझाएका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समयको मागअनुसार मार्गप्रशस्त गर्न गगनले आग्रह गरे ।



उनले अहिले देउवा निवासमा भइरहेको संस्थापन पक्षका भेलामा नेताहरूले महामन्त्रीद्वयले नचाहिने काम गरे भनेर सुनाइरहेको हुनसक्ने लख काटे ।

उनले भने,’यी दुईटा महामन्त्रीले अराजनीतिक काम गरे, यी महामन्त्रीले तपाईंलाई दुख दिइरहेका छन् ।’

कार्यवाहक दिएको दिन भएको प्रशंसालाई स्मरण गर्न आग्रह गरे ।

उनले भने, ‘यहाँ आएकाहरू तपाईंलाई माया नगर्नेहरू होइनन् । तपाईंलाई माया गर्नेहरू हुन् । तपाईंप्रतिको सम्मान नघटोस् भनेर दाइ छाडिदिनुस् भनेका हौँ । जसले घुमिघुमी बोलाइरहेका छन् ती तपाईंलाई माया गर्ने मान्छे होइनन् ।’