पार्टीका गल्ती सच्याउन विश्वप्रकाशले पेस गरे १८ संकल्प (पूर्णपाठ)

  • प्रकाशित मिति : २०८२ पुष २८, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र सांगठनिक विषयमा पार्टीका त्रुटि सच्याउन भन्दै १८ बुँदे संकल्प प्रस्ताव विशेष महाधिवेशनमा पेस गरेका छन् ।

सोमबार (पुस २८) विशेष महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै शर्माले प्रधानमन्त्रीको कार्यकाल, गैरआवासीय नेपाली नागरिकका मुद्दा, राजनीतिक नियुक्ति, पार्टीभित्र उमेदवार चयनलगायत विषयमा १८ बुँदे संकल्प अघि सारेका हुन् ।



उनले चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने अभ्यासलाई सच्याउनुपर्नेमा जोड दिएका छन् । नागरिकमा यसले वितृष्णा फैलाएको उनले उल्लेख गरेका छन् । उनको प्रस्तावमा भनिएको छ, “नेपाली कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुईपटकभन्दा बढी प्रधामन्त्री बन्ने छैनन् ।’’

उनले गैरआवासीय नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गरिने जनाएका छन् । “संविधानको भावना र सम्मानित सर्वोच्च अदालतको आदेशबमोजिमको बन्दोबस्त मिलाउन सहजीकरण, दबाब र नेतृत्वको भूमिका निभाउने संकल्प यो विशेष महाधिवेशनले गर्दछ,’’ प्रतिवेदनमा उल्लेख छ ।

राजनीतिक नियुक्ति विषयगत योग्यताका आधारमा नगरिँदा संस्थाको गरिमा र डेलिभरीमा समस्या आएकाले त्यसलाई परिवर्तन गर्ने उनको संकल्प छ ।

पार्टीभित्र उमेदवार सिफारिस गर्न ‘प्राइमरी’ चुनाव गर्ने उनको प्रतिवेदनमा उल्लेख छ । “प्राइमरी निर्वाचनमा पाइलट प्रोजेक्ट हुँदै क्रमशः गोदावरी महासमितिबाट पारित यो प्रस्तावलाई कार्यान्वयनमा लग्ने प्रतिबद्धता विशेष महाधिवेशनले गर्दछ,’’ प्रतिवेदनमा भनिएको छ ।

विश्वप्रकाश शर्माको सांगठनिक प्रतिवेदनको पूर्णपाठ–