कांग्रेस विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु

  • प्रकाशित मिति : २०८२ पुष २९, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु भएको छ।

केन्द्रीय निर्वाचन समितिले भर्खरै निर्वाचन तालिका सार्वजनिक गर्दै नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो। निर्वाचन कार्यक्रमअनुसार आज साढे १२ बजे मतदाता नामावली प्रकाशित गरिने छ भने मनोनयन दर्ता दिउँसो २ देखि ३ बजेसम्मका लागि तोकिएको छ।



उम्मेदवारको अन्तिम नामावली आजै बिहान ८:४५ बजे सार्वजनिक हुने तालिका रहेको छ। मतदान आजै राति ९ बजेबाट भोलि बिहान १ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए।