प्रचण्ड र नेपालले लिए नेकपाको शपथ

  • प्रकाशित मिति : २०८२ पुष २९, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले जेष्ठ सदस्य नन्दकुमार प्रसाईंको उपस्थितिमा आज शपथ लिएका छन्।

शपथ समारोहमा उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन्। प्रतिज्ञामा पार्टी एकता जोगाउने, स्वच्छ र नैतिक जीवन यापन गर्ने साथै प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारको विरुद्ध संघर्ष गर्ने प्रतिबद्धता समावेश छ।



नेपाली कम्युनिस्ट पार्टी तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको एकताबाट गठन भएको हो। नवगठित पार्टीका केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका छन्।

शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र हस्तान्तरण गरेका छन्। अब उनीहरूले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराउने तयारी गरिरहेका छन्। पार्टीले कुल २४९९ केन्द्रीय सदस्यलाई शपथ दिन सक्ने व्यवस्था गरेको छ।