सुधनको राजीनामाप्रति प्रचण्ड- जे गर्नुभयो, राम्रो गर्नुभयो

  • प्रकाशित मिति : २०८३ बैशाख ९, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट राजीनामा दिएर राम्रो गरेको टिप्पणी गरेका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीमाझ प्रचण्डले प्रश्न उठेपछि राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो गरेको टिप्पणी गरेका हुन् ।



गृहमन्त्रीले राजीनामा दिनुभएको बिषयमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो ।’

विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन् ।