निर्वाचन आयोगले आज राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ।
आयोगका अनुसार आइतबार बसेको बैठकले आचारसंहिता लागु गर्ने निर्णय गरेको हो। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण सुनिश्चित गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता बनाई लागु गरिएको आयोगले जनाएको छ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ६ माघमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम तोकेको छ।