बैतडी बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने निर्णय

  • प्रकाशित मिति : २०८२ माघ २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

बैतडी बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एकरएक लाख रुपैयाँ राहत दिने भएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।



बैठकले दुर्घटनामा घाइते भएकाहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।

बिहीबार बैतडीबाट जन्ती लिएर बझाङतर्फ फर्किँदै गरेको सु–प–प्र–०२–००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका–७ स्थित बडगाउँमा दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने ३५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।