ताप्लेजुङ आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस

  • प्रकाशित मिति : २०८२ माघ २७, मंगलवार
  • नेपाल टेल संवाददाता

ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।



भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको थियो ।