रिजलाइन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक कार्यक्रम गरी दोस्रो चरण अन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँट गरेको हो ।
कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
सो निष्कासनमा २५ लाख ३७ हजार ३०१ जनाले दुई कारोड ७१ लाख ३२ हजार २३० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसमध्ये १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले बैंकको सेयर पाएका छन् भने २४ लाख १९ हजारकाे हात रिताे भएकाे छ ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरिसकेको छ।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात २६ लाख ७ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।