पाँचथर – १ मा नेम्बाङ विरूद्ध शेर्माको झण्डै एक हजार दुई सय मतको मतान्तर

  • प्रकाशित मिति : २०८२ फाल्गुन २२, शुक्रबार
  • नेपाल टेल संवाददाता

पाँचथर क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हस्त राज शेर्मासँग नेपाली कम्युनिष्ट पार्टीका हर्क बहादुर नेम्बाङ झण्डै एक हजार दुई सय अठतिस मतले पछि परेका छन्।

अहिलेसम्म हस्त राज शेर्माले २४३१ मत ल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टीका हर्क बहादुर नेम्बाङको ११९३ मत आएको छ।



यहाँ नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङको ९०७ मत आएको छ।

एमालेका उम्मेदवार अइन्द्र सुन्दर नेम्वाङको ९०२ मत आएको छ।