१२ उम्मेदवारले ल्याए ५० हजारभन्दा बढी मत

  • प्रकाशित मिति : २०८२ फाल्गुन २६, मंगलवार
  • नेपाल टेल संवाददाता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १२ जना उम्मेदवारले ५० हजार भन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । ५० हजारभन्दा बढी मत ल्याउने सबै उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का छन् ।

सबैभन्दा बढी मत रास्वपाबाट झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ल्याएका छन् । उनले ६८ हजार ३४८ मत ल्याएर निर्वाचित भए ।

दोस्रो बढी मत निवर्तमान उपसभामुखसमेत रहेकी इन्दिरा राना मगरले ल्याइन् । झापा–२ बाट उम्मेदवार बनेकी रानाले ६० हजार ११० मत ल्याएर निर्वाचित भइन् ।

तेस्रो बढी मत सोविता गौतमले ल्याइन् । चितवन–३ बाट उम्मेदवार बनेकी गौतमले ५९हजार २७७ मत ल्याएर निर्वाचित भइन् ।

चौथो बढी मत डा. लेखजंग थापाले ल्याएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । रूपन्देही–३ बाट उम्मेदवार बनेका डा. थापाले ५८ हजार ८१४ मत ल्याएर निर्वाचित भएका छन् ।

पाँचौँ बढी मत हरि ढकालले ल्याए । चितवन–१ बाट उम्मेदवार बनेका ढकालले ५८ हजार २०८ मत ल्याए ।

छैटौँ बढी मत लाल विक्रम थापाले ल्याए । सुनसरी–२ बाट उम्मेदवार बनेका थापाले ५७ हजार ३४८ मत ल्याएर निर्वाचित भए ।

सातौँ बढी मत सुलभ खरेलले ल्याए । रूपन्देही–२ बाट उम्मेदवार बनेका खरेलले ५६ हजार ५५० मत ल्याएर निर्वाचित भए ।

आठौँ बढी मत रुबिना आचार्यले ल्याइन् । मोरङ–६ बाट उम्मेदवार बनेकी आचार्यले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भइन् ।

नवौँ बढी मत सुनिल लम्सालले ल्याए । रूपन्देही–१ बाट उम्मेदवार बनेका लम्सालले ५४ हजार ८४५ मत ल्याएर निर्वाचित भए ।

दशौँ बढी मत रवि लामिछानेले ल्याए । चितवन–२ बाट उम्मेदवार बनेका लामिछानेले ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भए ।

एघारौँ बढी मत बदन कुमार भण्डारीले ल्याए । काभ्रेपलाञ्चोक–२ बाट उम्मेदवार बनेका भण्डारीले ५३ हजार ३४४ मत ल्याएर निर्वाचित भए ।

बाह्रौँ बढी मत राजन गौतमले ल्याए । नवलपुर–१ बाट उम्मेदवार बनेका गौतमले ५० हजार ९४५ मत ल्याएर निर्वाचित भए ।