ओलीप्रति एमाले नेताकाे कटाक्ष- सबै ठीक छ महाराज !

  • प्रकाशित मिति : २०८२ फाल्गुन २८, बिहीबार
  • नेपाल टेल संवाददाता

एमाले नेता वासुदेव घिमिरेले पार्टीको लज्जास्पद हार र पार्टी नेतृत्वको शैलीलाई लिएर टिप्पणी गर्दै पञ्चायत ढल्दै गर्दा पञ्चहरूले सबै ठीक छ महाराज भन्ने गरेको सम्झाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही- सबै ठीक छ, महाराज ।’



चुनावअघि एमाले छाडेको घोषणा गरेका उनलाई विष्णु पौडेललगायतका नेताले सम्झाइबुझाइ रोकेका थिए । रुपन्देही-३ बाट उम्मेदवार रहेका घिमिरेले जमानतसमेत जोगाउन सकेनन् । रास्वपाका डा. लेखजंग थापाले उनलाई हराए ।