लन्डन । इण्डो प्यासिफिक मामिला हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रासँग बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
बेलायती विदेश मन्त्रालय (एफसीडीओ)मा हिजो मन्त्री मल्होत्रा र कार्यवहाक राजदूत दुवाडीबीच भेट भएको हो । उहाँहरुबीचको भेट बेलायत नेपाल द्विपक्षीय मुद्दा र साझा हितहरूका विषयमा केन्द्रित रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटबाट नेपाल र बेलायतबीचको ऐतिहासिक एवं शताब्दीऔं लामो सम्बन्ध अझ सुदृढ बनाउने विश्वास दूतावासले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ ।